व्याजदर नीतिमा राष्ट्र बैंक कठोर बन्यो, तलमाथि गर्ने बैंक कार्बाहीमा पर्ने

Yugnepal     1134 पटक पढिएको    

व्याजदर नीतिमा राष्ट्र बैंक कठोर बन्यो, तलमाथि गर्ने बैंक कार्बाहीमा पर्ने

 

काठमान्डौं  नेपाल राष्ट्र बैंक व्याजदर सम्बन्धि नीतिमा कठोर बनेको छ । राष्ट्र बैंकले व्याजदरमा चलखेल गर्ने बैंकहरुलाई कार्बाही गर्ने भएको छ । अब बढी ब्याज दिएर निक्षेप आकर्षित गरेका बैंकहरुमाथि काबार्हही हुने छ । यसबारेमा केही बैंकले बदमासी गरेको उजुरी परेपछि राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारबाही सुरु गर्ने बताएको छ । यसअघि संस्थागत मुद्दति निक्षेप नविकरण गर्दा ९।६० प्रतिशतसम्म ब्याजदर दिन पाउने भद्र सहमति भएको थियो । अर्थमन्त्री र गभर्नरसहितको सहमतिमा बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको थियो । केही बैंकले उक्त भद्र सहमति तोडेपछि राष्ट्र बैंक कठोर बनेको हो । लिखित रुपमै पत्र पठाएर राष्ट्र बैंकले कार्बाही गर्ने बताएपछि बैंकहरु एकाएक पछि हट्न बाध्य भएका छन् ।
बैंकिङ खबरबाट साभार समाचार ।



शुक्रबार ०८, कार्तिक २०७६ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal