विप्लवको हतियार हिजोको शिविरकै हो – ढुंगाना

राजनिति

Yugnepal     975 पटक पढिएको    

विप्लवको हतियार हिजोको शिविरकै हो – ढुंगाना

 

काठमाडौं  चैत १ शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई प्रतिवन्ध लगाएको छ । शीर्ष नेताहरुलाई मार्ने धम्की आएपछि प्रतिवन्ध लगाइएको सरकारको भनाइ छ । 

सोही भनाईलाई सत्य सावित गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले विप्लवबाट मार्नका लागि धम्र्की आएको र त्यो धम्की के का लागि भन्दै प्रश्न गरेका थिए । 

यसै सेरोफेरोमा पूर्व सभामुख दमननाथ ढुंगानाले ट्वीटरमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन् । 

उनले लेखेका छन् –‘हिजोका क्रान्तिकारी माओवादी राज्यलाई असुरक्षित–आतंकित पार्दथे।आजका माओवादी हिजोका माउ नेताको ज्यान ताक्न समेत सक्ने भएछन्। हाम्रो शान्ति प्रक्रियाको विचित्रता बढ्दो छ। हिजोका माओवादी कमाण्डर, आज मन्त्री भएर सार्वजनिक गर्दैछन् –विप्लवको हतियार हिजोको शिविरकै हो।’



शुक्रबार ०१, चैत २०७५ ११:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal