निवर्तमान सभामुख महरा नर्भिक अस्पताल भर्ना

Yugnepal     1219 पटक पढिएको    

निवर्तमान सभामुख महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं। संघिय संसदका निवर्तमान सभामुख कृष्ण बहादुर महरा स्वास प्रस्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएको अस्पताल श्रोतले जनाएको छ। उनलाई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

उनी मुटुरोग विभागमा डा। जेपी जैसवालको सुपरिवेक्षणमा रहेको अस्पताल श्रोतले जनाएको छ। स्वासप्रस्वास सम्बन्धि समस्या भनिए पनि महरा मुटु रोगका डाक्टरको सुपरिवेक्षणमा रहेका छन्।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा पक्राउ पछि सिंहदरवार प्रहरी हिरासतमा रहेका थिए। गत आइतवार पक्राउ परेका महरालाई स्वासप्रस्वास सम्बन्धि समस्या रहेको बताईएको छ।

हिरासतमा पनि अक्सिजनको व्यवस्था गरेर महरालाई राखिएको प्रहरी श्रोतले जनाएको थियो। उनलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको बताईएको छ।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको थियो।



शुक्रबार २४, असोज २०७६ ०९:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal