शक्तिपीठहरूमा दर्शनार्थीको भीड

Yugnepal     2979 पटक पढिएको    

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

काठमाडौं। नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।

शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरूमा दुर्गादेवीको पूजाआराधना भइरहेको विभिन्न जिल्लाबाट रासस समाचारदाताहरुले जनाएका छन् ।

सङ्घीय राजधानी काठमाडौस्थित गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इद्रायणी, नरदेवी, वज्रवाराही, रक्तकाली, सङ्कटा, बगलामुखीलगायत शक्तिपीठहरूमा बलि चढाउने र पूजा–आराधना गर्नेहरूको घुँइचो लागेको छ ।

काठमाडौँ उपत्यका नजिकै अवस्थित दक्षिणकाली, काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको गोरखकाली र मनकामना, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, वीरगञ्जको गहवामाई, वाराको गढीमाई, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, बाग्लुङको कालीका भगवती, धरानको दन्तकाली, डडेलधुराको उग्रतारा, भोजपुरको सिद्धकाली, बाँकेको वागेश्वरी, ताप्लेजुङको पाथिभरा मन्दिरमा पनि दर्शनार्थीको घुँइचो लागेको छ । रासस समाचारदाताहरूका अनुसार ती शक्तिपीठमा चण्डी पाठसहित देवीको उपसना भइरहेको छ ।



आइतबार १९, असोज २०७६ ०८:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal