कार्तिक १ गतेदेखि सुत्केरी भत्ता दिइने

Yugnepal     669 पटक पढिएको    

कार्तिक १ गतेदेखि सुत्केरी भत्ता दिइने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महीलाहरुका लागि सुत्केरी भत्ता पुनह सुचारु हुने भएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भक्ता समेत वितरण हुन सकेको थिएन् ।

स्वास्थ्य मन्त्रालयले बजेट दिएपछी प्रतिष्ठानले कार्तिक १ गतेवाट प्रसुति सेवा लिन आउने महीलाहरुका लागि सुत्केरी भक्ता दिने भएको हो । स्वास्थ्य मन्त्रालयवाट यसै हप्ता २ करोड बजेट निकासा भएको र कार्तिक १ गतेवाट सरकारले दिदै आएको १८ सय रुपैयाँ सुत्केरी भक्ता दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले जानकारी दिए ।

यसैविच प्रतिष्ठानले आफुले दिने ओपिडि र इमर्जेन्सी शुल्कमा हेरफेर गरेको छ । यसअघि ओपिडि शुल्क २५ र इमरजेन्सि शुल्क ३० लिदै आएकोमा कार्तिक १ गतेदेखी ओपिडि शुल्कमा ६० र इमरजेन्सि शुल्कमा ८० कायम गरेको छ ।

 शुल्क बृद्धि सम्वन्धी रिटमा उच्च अदालत तुलसिपुरले रिट खारेज गरेर शुल्क हेरफेर गर्ने अधिकार प्रतिष्ठानलाई दिएपछि प्रतिष्ठानले नयाँ शुल्क कायम गरेको रजिष्टार प्याकुरेलले बताए ।



शुक्रबार १७, असोज २०७६ १२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.