तरुण दलले भन्यो, शिवाकोटीलाई सुरक्षा देउ, महरालाई कार्वाही गर

Yugnepal     834 पटक पढिएको    

तरुण दलले भन्यो, शिवाकोटीलाई सुरक्षा देउ, महरालाई कार्वाही गर

काठमाडौं। तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहारको समाचार लेखेबापत हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई धाकधम्की दिइएको तथा उनीमाथि बढेको सुरक्षा चुनौतीप्रति नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ घृणीत कार्य गर्ने महराको कर्तुत सार्वजनिक गर्ने सम्पादक शिवाकोटीलाई अधिनायकवादी तत्वका आपराधिक गिरोहबाट धम्की दिने र उनलाई ठीक लगाउने योजना बनाएको कुरा खेदजनक छ। शिवाकोटीलाई केहि गरिए त्यसको तरुण दल प्रतिकारमा समेत उत्रन वाध्य हुनेछ। ’  

बस्नेतले जारी गरे विज्ञप्तिमा समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा बस्नेतले सो घटनामा जोडिएका पात्र कृष्ण बहादुर महरालाई कानुनी कठघरामा ल्याई कार्वाही गर्न  माग समेत गरेका छन्। 



शुक्रबार १७, असोज २०७६ १२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal