विप्लव समूहमाथि सरकारको प्रतिबन्ध

राजनिति

Yugnepal     1058 पटक पढिएको    

विप्लव समूहमाथि सरकारको प्रतिबन्ध

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाएको छ।

विप्लव समूह आपराधिक संगठन भएको निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाउने मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको क्याबिनेट श्रोतले बाह्रखरीलाई जानकारी दिएको छ। स्रोतले भन्यो, संविधानमा नै हातहतियार लिएर अपराधिक गतिविधि गर्न नपाउने उल्लेख भएकोले संविधान बमोजिम नै निर्णय गरिएको छ। कसैले पनि शान्ति भड्काउने गतिविधि गर्न पाउँदैन्।ू

स्रोतका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेललगायतका स्थानमा भएको बम विस्फोट र आतंकबारे व्रिफिङ गरेका थिए।

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले अपराधिक गतिविधिमा रोक लगाउनु परेको जनाइएको छ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेकोभन्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ।



मङ्गलबार २८, फागुन २०७५ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal