विज्ञप्ति निकालेर सभामुख पन्छिन मिल्दैन : गगन थापा

Yugnepal     1062 पटक पढिएको    

विज्ञप्ति निकालेर सभामुख पन्छिन मिल्दैन : गगन थापा

बुटवल। नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभामुख कृष्णबहादुर महरामथि लागेको बलात्कारको आरोप विज्ञप्ति जारी गरेर पन्छिन नमिल्ने बताएका छन्। यस्तोमा सभामुखले अनुसन्धानलाई सहयोग गर्नु पर्ने थापाले बताएका छन्।

‘यदी सभामुख महराको आरोप लगाएको जस्तो रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउने सजाय बराबर सजाय पाउनुपर्छ। ‘ थापाले भने । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’

‘आसय करणीको आधारमा बलात्कारको आसय मात्र राखेमा पनि दण्डनीय हुन्छ भनेर कानुनले परिभाषित गरेको सन्दर्भमा कुनै पनि तर्क काम नगर्ने थापाले स्पष्ट पारेका छन्।

थापाले भने – ‘सभामुख माथिको छानविन सामान्य नागरिक सरह हुनुपर्छ। सभामुखमाथिको आरोप सुनेर पुरै संघिय संसद सदस्य स्तब्ध भएका छन्’। ‘ यो आरोप साधारण मानिस माथि लागेको भए के हुन्थ्योरु’ उनले प्रश्न गरे। ‘सभामुखमाथि पनि प्रचलित कानुन अनुसार छानविन हुनुपर्छ’ थापाले स्पष्ट पारे।

नेपाल प्रहरीको बिगतमा रहेका बिफलता तर्फ ईंगित गर्दै थापाले भने ‘ नेपाल प्रहरीले आफ्नो गुमेको साख जोगाओस्। व्यक्तिको पदको प्रभाव नदेखियोस् अनुसन्धानमा।’ देशको ईज्जत र प्रतिष्ठा जोडिएको आरोप झुठो सावित होस् भनेर पनि थापाले कामना गरे।

गंभिर आरोप लागेको समयमा विज्ञप्ति मार्फत रफादफा गर्न नमिल्ने र यस्तोमा सभामुखले सहयोग गर्नु पर्ने थापाले बताएका छन्।



मङ्गलबार १४, असोज २०७६ १०:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal