सुन चाँदीको भाउ घट्यो

Yugnepal     875 पटक पढिएको    

सुन चाँदीको भाउ घट्यो

आईतबार सुनचाँदिको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको हो।  

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आइतबार भने प्रतितोला ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो। यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको छ।

 



सोमबार १३, असोज २०७६ १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal