भृकुटीमण्डप खुला चौरको जुत्ता चप्पल मेलामा अचम्मको अफर, भीड पनि अचम्मकै

Yugnepal     825 पटक पढिएको    

भृकुटीमण्डप खुला चौरको जुत्ता चप्पल मेलामा अचम्मको अफर, भीड पनि अचम्मकै

काठमाडौ । दशै तिहारको अवसर पारेर नेपालका नाम चलेका ठुला जुत्ता चप्पल कम्पनीहरुले काठमाडौको भृकुटीमण्डपको ठूलो चौरमा आयोजना गरेको मेलामा दशै नजिकिदै गर्दा  ग्राहकहरुको भीड बढेको छ। 

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानन्यायाधिश शुसिला कार्की समेतले मेलामा सपिङ गरेको समाचार वाहिरिएसँगै मेलामा खरिद गर्न आएका उपभोक्ताहरुले देउवा र कार्कीले खरिद गरेको जुत्ता च्चपलको बारेमा पनि सोध्ने गरेको शिखर शुजकी निर्देशक संगिता कडरिया प्रसाईले बताइन।  

दशैको सपिङ मेला भएपनि कम्पनीहरूले उल्लेख्य छुट दिएका कारण उपभोक्ताहरुको चाप बढेको हो। नेपालीहरुको महान चाड बडा दशैलाई लक्षित गरि गरि असोज एक गतेदेखि सुरु भएको अचम्मको अफरवाला मेला १७ गते फुलपातिको दिनसम्म रहने छ। 

नेपालको जुत्तालाई सबै नेपालीहरु माझ पुर्याउने उदेश्यका साथ सुरु गरिएको मेलामा सबै खाले आयस्रोत भएका बर्गलाई मिल्ने गरि आयोजना गरिएको छ। दशैंका दिन नजिकिदै गर्दा मेलामा ग्राहकको घुँईचो बढेको छ। अचम्मको अफरवाला मेलामा १० प्रतिशत देखि ७० प्रतिशत सम्म छुट दिइएको छ। मेलामा एक सय देखि आठ हजार सम्मका जुत्ता चप्पल राखिएका छन् ।

मेलामा जुत्ता खरिद गर्दै गरेका वानेश्वरका अजित घिमिरेले बाहिर भन्दा निकै सस्तो मुल्यमा जुत्ता पाएको बताए। उनी भन्छन्,  दशैंका लागि पसल गएर किन्ने सोचमा थिए। राम्रो अफर सुनेर यहि आएर कम्पनीकै स्टलमा किने।  सिधै फ्याक्ट्रीबाट आएको जुत्ता चप्पल खरिद गर्न पाइने हुदा जुत्ता चप्पल डुब्लिकेट नपर्ने र मुल्य पनि निकै सस्तो हुने हुदा ग्राहकको भिड लाग्ने गरेको मेलामा आउनेहरुको भनाइ छ। 

बालाजुकी सरिता श्रेष्ठले दशैं तिहार जस्ता चाडको अघि आकर्षक अफर सहित गरिएको मेलाबाट आफूहरू जस्ता उपभोक्ताहरुलाई आकर्षित गरेको बताइन। उनले परिवारकै लागि केहि जोर जुत्ता चप्पल खरिद गरेर फर्किदै थिएन। 

इभेन्ट मेनेजमेन्टको आयोजनामा नेपालका नाम चलेका कम्पनीहरु शिखर सु, रन सु, बि एफ डियर हिल र शु ल्यान्ड कम्पनीहरुको सहभागीतामा मेलाको आयोजना गरिएको रन सु का संचालक रुद्र न्यौपानेले जानकारी दिए। महिला पुरुषका विभिन्न प्रकारका नेपाल बनेका जुत्ता चप्पल पाइने उक्त मेलामा एक सय देखि आठ हजार सम्मका जुत्ता चप्पल पाइने बि एफ डियर हिलका संचालक होमनाथ उपाध्यायले जानकारी दिए ।

दशैको मुखैमा आयोजना भएको र ग्राहकहरुलाई पार्किङको समेत प्रशस्तै ब्यबस्था मिलाइएको हुदा जुत्ता चप्पल किन्न जानेको भिड भृकुटीमण्डपको ठूलो चौरमा देख्न सकिन्छ।

भृकुटीमण्डप ठूलो चौरको जुत्ता चप्पल मेलामा अचम्मको अफर
भृकुटीमण्डपमा शनिवार शेरबहादुरको सपिङ्ग, कपडादेखि जुत्तासम्म
पूर्व प्रधानन्यायाधिश शुसिला कार्कीको दशैं सपिङ, शिखरको मखमली जुत्ता



सोमबार १३, असोज २०७६ १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal