नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

Yugnepal     970 पटक पढिएको    

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिएका हुन्।

कोषका उपाध्यक्ष निर्मल भट्टराईका अनुसार बैठकमा कोषलाई थिङ्क ट्याङ्कका रूपमा विकास गर्ने चालू आवका लागि रु पाँच करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित रु १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।



सोमबार १३, असोज २०७६ १२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal