वैदेशिक रोजगारीमा क्लीन स्वीप गरेको टीमलाई शेर बहादुरले दिए बधाई

Yugnepal     727 पटक पढिएको    

वैदेशिक रोजगारीमा क्लीन स्वीप गरेको टीमलाई शेर बहादुरले दिए बधाई

काठमाडौं। नेपाल वैदेशिक रोजगारी व्यवसायी संघमा क्लीन स्वीप गरेको लोकतान्त्रिक टीमलाई नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले बधाई दिएका छन्। आफ्नै निवास वुढानिलकण्ठमा उनले नवनिर्वाचित बैदेशिक रोजगार व्यवसायी संघको टीमलाई बधाई दिएका हुन्।

बधाई दिन आयोजित संक्षिप्त कार्यक्रममा सभापति देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको जनाए। भेटका देउवाले देशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना नभएसम्म बैदेशिक रोजगारको बिकल्प नरहेकोले देशको अर्थतन्त्रमा बैदेशिक रोजगारको महत्वपूर्ण भुमिका रहेको  उल्लेख गर्दै यस क्षेत्रमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेस ब्यवसायीका साथमा रहेको बताए।

सुरक्षीत, मर्यादित र ब्यवस्थित रोजगारको क्षेत्रमा ब्यवसायीलाई लाग्न देउवाले आग्रह पनि गरे। नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरे सहित नवनिर्वाचित पदाधिकारीहरु सभापती देउवालाई भेटन देउवा निवास पुगेका थिए।



शुक्रबार १०, असोज २०७६ ०४:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal