घरमा मनग्य धनसम्पती भित्र्याउने चाहाना छ भने भगवान गणेश जी लाई यसरी गर्नुहोस पुजा

Yugnepal     1469 पटक पढिएको    

घरमा मनग्य धनसम्पती भित्र्याउने चाहाना छ भने भगवान गणेश जी लाई यसरी गर्नुहोस पुजा

 

वास्तुशास्त्र अनुसार,घरको मुख्य ढोकाको धेरै विशेष महत्व हुन्छ । वास्तवमा, सकारात्मक र नकारात्मक दुवैले घरभित्र प्रवेश गर्ने द्धार नै तपाईको घरको मुल ढोका हो । यदी घरमा नकारात्मक ऊर्जाको प्रविष्टि हुन्छ भने मानसिक र आर्थिक समस्या भइरहने हुन्छ ।त्यस्तै, घरमा सकारात्मक ऊर्जा भएमा शान्ति,समृद्धि लगायतका कुराहरु आउँछन । वास्तुशास्त्रमा नकारात्मक ऊर्जा रोक्न धेरै सुझावहरू दिइएको छ । आज हामी तपाईलाई घरमा सुःख ,शान्ति र समृद्धि ल्याउन गर्नुपर्ने केही सामान्य कुराहरुको बारेमा जानकारी दिन जाँदैंछौं।।।

घरमा खुशी र समृद्धि राख्नको लागि गणेशजीको मुर्ति राख्नु धेरै शुभ मानिन्छ । घरको मुख्य ढोकामा गणपति को एक प्रतिमा ९मुर्ती० स्थापना गर्नाले घरमा सकारात्क उर्जा आउँछ ।गणेशको फोटो घरको मुख्य ढोकामा लगाइसके पछि, गणेशको अर्को मूर्ति एकै ठाउँमा अर्को ढोकामा राख्नुहोस् । यसरी मुर्ती लगाउँदा एउटा मुर्तीले अर्को मुर्तीलाई देखेको हुनुपर्दछ ।घरमा गणेश जी मूर्ति वा फोटो बसेको हुनुपर्दछ। यसले घरमा खुशी र समृद्धि ल्याउँछ।

मुख्य ढोकामा, स्वस्तिक चिन्ह,ऊँ, श्री गणेशजस्ता शब्दको प्रयोग गर्नुपर्छ।घरको मुख्य ढोकामा फोहोरमैंले हुनुहुँदैन । एक स्वच्छ ठाउँमा सकारात्मक ऊर्जाको प्रवेश सधैं पहिले हुन्छ ।मुख्य ढोकामा तुलसीको रुख राखिनुपर्दछ ।घरको मुल ढोकामा तुलसी एकदमैं शुभ हुन्छ ।मुख्य विन्ड चाइमको स्थापना गर्नुहोस् जसले घरमा सकारात्मक ऊर्जाको प्रवेश गर्दछ ।घरको मुख्य ढोकामा, आपको पातहरूको तोरण लगाउँनुहोस जसले घरमा सकारात्मक ऊर्जा पठाउँछ । धर्मरसंस्कृती



शनिबार २५, फागुन २०७५ ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal