कृषि विकास बैंक ह्याक काण्डमा कैलालीबाट पक्राउ परेका दुई जनालाई काठमाडौँ पठाईयो

Yugnepal     1026 पटक पढिएको    

कृषि विकास बैंक ह्याक काण्डमा कैलालीबाट पक्राउ परेका दुई जनालाई काठमाडौँ पठाईयो

५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन रहेको आरोपमा कैलालीबाट पक्राउ परेका दुई जनालाई काठमाडौँ पठाईएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको भजनी नगरपालिका–३ का विजय शाह र चन्द्रबहादुर बुढालाई पक्राउ गरी महानगरिय प्रहरी अपराध महाशाखा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानका लागि महानगरिय प्रहरी अपराध महाशाखा पठाईएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका  अनुसार उनीहरु दुवै जनालाई बुधवार साँझ बुद्ध एयरको विमानबाट काठमाडौँ पठाईएको हो।

महाशाखाले अन्य थप १० जनालाई पक्राउ गरि बुधवार नै सार्वजनिक गरिएको छ। प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ। हृयाकरको समूहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकेको थियो।

सो क्रममा कैलालीका शाह र बुढाले पनि सहयोग गरेको आरोप लागेको छ। कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीले अन्य शाखाबाट चोरी गरेर भजनी शाखामा रकम जम्मा भएको जनाएको छ। १९ लाख रकम भजनी शाखामा जम्मा भएको क्षेत्रीय कार्यालयका प्रमुख गणेशवहादुर डिसीले बताए। पक्राउ परेका दुवै जनाको खातामा उक्त रकम जम्मा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दिनेश खबर बाट साभार



बिहिबार ०९, असोज २०७६ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal