चेम्वरका अध्यक्ष श्रेष्ठद्धारा फूडटिच उद्घाटन

Yugnepal     781 पटक पढिएको    

चेम्वरका अध्यक्ष श्रेष्ठद्धारा फूडटिच उद्घाटन

भक्तपुर। भक्तपुरको सल्लाघारी चौरमा आजदेखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ। ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए। 

फुडटिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए। उनले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ रहेको दाबी गरे। यो मेलाले नेपाल लगायत विभिन्न मुलुकका विभिन्न क्षेत्रबाट आएका वस्तुको अन्तराष्ट्रिय व्यापारको बजारिकरण हुने उल्लेख गरे। 

वातावरण परिवर्तनको नेपालमा असर परेकाले मेलासँगै परेको वर्षाले अवलोकनका लागि सर्वसाधारणलाई गाह्रो हुने भएकोमा उनले आपत्ति जनाए।



बिहिबार ०९, असोज २०७६ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal