कम्युनिष्टको रवैयाका कारण संघिय लोकतान्त्रीक गणतन्त्र संकटमा उपसभापति निधि

Yugnepal     1025 पटक पढिएको    

कम्युनिष्टको रवैयाका कारण संघिय लोकतान्त्रीक गणतन्त्र संकटमा   उपसभापति निधि

धनगढी। नेपाली कांग्रेका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट सरकार काण्डै काण्डैमा ग्रसित भएको आरोप लगाएका छन्। दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमको धनगढीमा भएको विरोध सभालाई सम्वोधन गदै निधिले सरकारलाई आरोप लगाएका हुन्।

नेपाली कांग्रेस कैलालीले आयोजना गरेको जिल्लास्तरीय विरोधसभामा नेता निधीले अहिलेको कम्युनिष्ट सरकारले केन्द्रदेखी गाउँ नगर वडासम्म आफ्ना कार्यकर्तालाई पाल्न भ्रष्टाचार फैलाएको बताए। नेता विमेलेन्द्र निधिले १२ वर्षे जनयुद्ध र ६२/६३ सालको जन आन्दोनमा हजारौं जनताका छोराछोरीहरुले बलिदान गरेर प्राप्त गरेको नेपालको संविधानलाई नेपाली कांग्रेसको नेतृत्वमा जारी र कार्यान्वयन पनि नेपाली कांग्रेसले नै गरेको बताए।

पुरानो व्यवस्थालाई परिवर्तन गरी देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको रवैयाका कारण संघिय लोकतान्त्रीक गणतन्त्र र प्रजातन्त्र संकटमा पर्ने खतरा बढेको नेता निधिले बताए।  

‘यो सरकारका काण्ड हत्या हिंसा निर्मला बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड, भ्रष्टाचार काण्ड,  सदनमा पेश भएका विधेयक काण्ड, कर काण्ड जस्ता काण्डै काण्डमा ग्रसित छ। सरकारले जनताको हितविपरीत काम गर्दै देशलाई नै संकटमा धकेल्ने काम गरिरहेको छ।’

अहिलेको सरकारलाई जनताले राम्रोसंग बुझेकाले कांग्रेसको जनताले कांग्रेसकै भरोसा गर्ने उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसकी पुर्व सचेतक ईश्वरी न्यौपानेले अहिलेको सरकारले किसानका लागी खरिद गर्ने मलमा नपत्याउने खालको सरकारले भ्रष्टाचार गरीरहेको आरोप लगाइन।

नेपाली कांग्रेसबाट कैलाली निर्वाचन क्षेत्र नं ५ की उम्मेद्धार डा आरजु राणा देउवाले देश भरी १ करोड ५० लाख मतदाताको समस्या अवस्था बुझन र मतदातासंग अभियानको बारेमा जानकारी दिन कांग्रेस जागरण अभियानको आयोजना गरेका बताईन। उनले भनिन् कांग्रेस भित्रको आन्तरीक किचलोलाई अन्त गर्न केन्द्रदेखी वडा सम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिन पनि यो अभियानको उद्दश्य रहेको बताईन।

राष्ट्रिय जागरण अभियानका क्रममा नेकपा परित्याग गरी कैलाली निर्वाचन क्षेत्र नं ५ बाट करीब दुई सय नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला पाटी कार्यालय कैलालीले जानकारी दिएको छ।

 



बुधबार ०८, असोज २०७६ ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal