नेकपाका एक सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा

Yugnepal     702 पटक पढिएको    

नेकपाका एक सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाबाट एक सय जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

भोटेकोशी ५ मार्मिङमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ प्रदेश ९क० का केन्द्रीय प्रतिनिधि मीनकृष्ण महर्जन र केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले एक सयभन्दा बढी नेकपाका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेमा साविक मार्मिङ गाविसमा पूर्व एमालेबाट निर्वाचित साविक वडा नम्बर ३ का वडाध्यक्ष भिम ब शेर्पा, माओवादीका पूर्व वडा अध्यक्ष छोयल शेर्पा, वाइसीएलका वाइसिल क्षेत्रिय कोषाध्यक्ष सुब्बा तामाङ, राप्रपा पार्टी अध्यक्ष मार्मिङका न्हर्षु तामाङ्ग ९होङग्रे० मण्डलीका पास्टर विनोद तामाङ लगायत छन् ।

कांग्रेस प्रवेश गर्नेमा श्याम कार्की, भीमबहादुर तामाङ, पुष्पा तामाङ, माया शेर्पा, केशाङ तामाङ, ग्याम्जो तामाङ, माया तामाङ, बाबुराम शेर्पा, सुवास तामाङ, विकास शेर्पा, लाम्पा शेर्पा, आनन्द विक, विजय लामा, ग्यालसाङ तामाङ, पासाङ तामाङ, मैदीमाया तामाङ, मिक्सार तामाङ, जिम्बा शेर्पा, साङ दोर्जे शेर्पा, नमराज खड्का, छिरिङ लामा, कामी छिरिङ तामाङ, फुलबहादुर तामाङ, कारचुङ तामाङ, डुकछिरी शेर्पा, कारसाङ तामाङ, नवाङ नुर्पे तामाङ,साङ्गे शेर्पा, सिवाङ शेर्पा, पूर्ण तामाङ, सार्की तामाङ, फुपी तामाङ, डुण्डुप तामाङ, मिङमार तामाङ, काइली तामाङ लगायत छन्।

कार्यक्रममा नेता बस्नेतले सिन्धुपाल्चोकका जनताको जीवनस्तर कांग्रेसबाहेक अरु कसैले उकास्न नसक्ने बताए। उनले नबप्रबेशीहरुलाई उचित जिम्मेवारी दिइने बताए ।

आफूले जिल्लाको विकासका लागि गरेको कामको फेहरिस्त सुनाउँदै उनले कम्युनिष्ट सरकार गठन भएपछि विकासमा बिराम लागेको उल्लेख गरे। लामो इतिहास भएको कांग्रेसलाई सिध्याउँछु भनेर कसैले सोचेको छ भने त्यसकै पत्तासाफ हुने बस्नेतले चेतावनी दिए ।

महर्जनले कम्युनिस्टको ज्यादति, महंगी र चरम भ्रष्टाचारका कारण जनतामा वितृष्णा जागेको र कांग्रेसमा आफ्नो भबिश्य देखेर आकर्षण बढेको बताए । 

कार्यक्रममा मार्मिङ एकाई सभापति पासाङ नोर्बु लामाले नेपाली काँग्रेसमा यति धेरै प्रवेश गराइकामा विशेष मुल्याङ्न गर्ने, यसको लागी केन्द्रमा समेत कुरा पुर्याउने मर्हजनले बताए । 

कार्यक्रममा सुनकोशी ६ का वडा अध्यक्ष रामकुमार थापा, हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा लगायतले मन्तव्य राखेका थिए । 



मङ्गलबार ०७, असोज २०७६ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal