सरकारले बैदेशिक रोजगार क्षेत्रलाई तहस नहस पारि व्यवसायीलाई त्रसित बनायोः रमेश लेखक

Yugnepal     619 पटक पढिएको    

सरकारले बैदेशिक रोजगार क्षेत्रलाई तहस नहस पारि व्यवसायीलाई त्रसित बनायोः रमेश लेखक

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले देशमा पूर्ण रोजगार नभएका कारण नेपालका लागि बैदेशिक रोजगारी अनिवार्य भएको बताएका छन्। 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी फोरमले सामाखुसीमा गरेको कार्यक्रममा बोल्दै लेखकले देशमा रोजगारको पूर्ण सम्भावना अझै नभएको अवस्थामा अनिवार्य बनेको बैदेशिक रोजगारीलाई देशको अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए।

पूर्व श्रम मन्त्री समेत रहेका लेखकले वैदेशिक रोजरार ब्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनु अपरिहार्य रहेको बताए। बैदिशिक रोजगारले अर्थतन्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान बनाए पनि बर्तमान सरकारले बैदेशिक रोजगारलाई त्रसित बनाएको लेखकले बताए।

बर्तमान सरकारले बैदेशिक रोजगार क्षेत्रलाई तहस नहस पारेको र ब्यवसायीलाई त्रसित बनाएको उल्लेख गर्दै लेखकले नेपाली कांग्रेस बैदेशिक रोजगारको पेशा र क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन प्रतिबद्ध रहेको बताए। 

वैदेशिक रोजगार व्यवसायी संघको चुनावको मुखैमा अहिले विभिन्न समुहहरु चुनावी प्रचारमा छन्। सोहि सन्दर्भमा आयोजित एक कार्यक्रममा लेखकले सरकार व्यवसाय तथा रोजगार मैत्री नभएको बताए।

संघको ७ गते नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। संघमा लोकतान्त्रिक तथा व्यवसायिक पक्षधरको नेतृत्व बिष्णु गैरेले गर्नेगरि चुनावी मैदानमा खडा भएका छन्। 



सोमबार ०६, असोज २०७६ ०२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal