धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने

लगानी सम्मेलनमा परियोजना अगाडि सारिने

Yugnepal     844 पटक पढिएको    

धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने, लगानी सम्मेलनमा परियोजना अगाडि सारिने
माघ २२ 

गेटा  विमानस्थलको लागि तस्बिर परिणाम
काठमाडौं । धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरिएको छ । धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनेमा नेपालमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीनवटा हुने छ ।

अहिले पोखरा र भैरहवामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढेको छ । काठमाडौं र बाराको निजगढलाई भने अन्तराष्ट्रिय विमानस्थलको रुपमा राखिएको छ ।

लगानी बोर्डले धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि प्रस्ताव अगाडि बढाएको छ । योसँग सम्बन्धित प्रक्रिया नागरिक तथा उड्यन मन्त्रालयले बनाउने छ ।

लगानी बोर्डले चैतमा गर्न लागेको लगानी सम्मेलनमा धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने एउटा प्रोजेक्टको रुपमा अगाडि सार्ने छ ।

लगानीकर्ताले नेपालमा लगानी गर्नको लागि आयोजना माग गरेका छन् सो अनुसार धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि लगानीकर्तालाई परियोजनाको रुपमा प्रस्तुत गरिने लगानी बोर्ड कार्यालयले जानकारी दिएको छ ।

सरकारले सातै वटा प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अगाडि सारेको थियो । भौगोलिक स्थितीको आधारले कर्णाली प्रदेश बाहेक अन्य स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भने सम्भव रहेको छ । जसमा ७ प्रदेशमा धनगढीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव राखिएको हो ।

लगानीकर्ताले प्रोजेक्ट माग गर्दा एउटा प्रोजेक्टको रुपमा धनगढीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत राखिने भएको लगानी बोर्ड कार्यालयले जनाएको छ ।

सरकारले चैतको पहिलो साता लगानी सम्मेलनको आयोजना गर्न लागेको छ ।



मङ्गलबार २२, माघ २०७५ ०७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal