सरकारबाटै ठगिदैँ उखु किसान

Yugnepal     631 पटक पढिएको    

सरकारबाटै ठगिदैँ उखु किसान

सर्लाही । उखु किसानले सरकारबाट पाउनु पर्ने आ.व ०७५-७६ छत्तिस करोड बाह्र लाख एक्काइस हजार ३९६ रुपिँया रकम उखुको भुक्तानी अझैँ पाउन सकेका छैनन् । भने आर्थिक वर्ष २०७४-७५ को एक करोड त्रिचालिस लाख ७३ हजार ३३ रुपिँया १५ पैसा भुक्तिानी पाका छैनन् ।

 आ।व ०७५-७६ मा जिल्ला भर ५५ लाख ३३ हजार ४१६।०६ क्वीन्टलको  क्रसिङ  गरि ३६ करोड बाह्र लाख एक्काइस हजार ३९६ रुपिँया किसानले पाउँन सकेका छैनन् ।

अनुदान वापतको प्रति क्वीन्टल रु। ६५।२८ पैसा उद्योगकले कोष तथा लेखा नियन्त्रण कार्यालयमा आवश्यक कागजात पेश गरेपनि हालसम्म अख्तियारी प्राप्त नहुँदा उद्योगको खातामा रकम राख्न नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जगत थपलियाले जानकारी दिए ।

आ।व।०७४(७५ को पहिले पठाएको रकम अपुग भएर थप रकम माग गरिएको भएपनि हालसम्म प्राप्त नभएकोले किसानलाई वितरण गर्न नसकिएको कोलेनिका प्रमुख थपलियाको भनाई छ ।



बिहिबार ०२, असोज २०७६ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal