'न यति न उति सिधै लखपति '

Yugnepal     854 पटक पढिएको    

'न यति न उति सिधै लखपति '

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै 'न यति न उति सिधै लखपति ' योजना सार्वजनिक गरेको छ। उपभोक्ताहरु माझ पर्वको खुशीयाली साट्न ९० दिनसम्म यो योजना चल्ने कम्पनीले जनाएको छ। “लखपति एक्स्प्रेस २०७६ अन्तर्गत न यति न उतिसिधै लखपति उपहार योजना घोषणा गरेको हो।

कम्पनीका अनुसार यो लखपति एक्स्प्रेस २०७६ न यति न उतिसिधै लखपति अफर असोज १ गते देखि मंसिर ३० गते सम्मलागू हुने बताइएको छ। यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने बताइएको छ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप पनि जित्न सक्नेछन्। त्यसैगरी साप्ताहिक रुपमा १ जनाविजेताले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई १००,००० उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १०,००,००० जित्न सक्नेछन्। कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारकालागि सहभागीहुने जानकारी दिएको छ। यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई भने लागु नहुने जनाएको छ।



बुधबार ०१, असोज २०७६ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal