व्यवसायीलाई पहिला थुन्ने र पछि सुन्ने कानुन संसोधन गर्न चेम्वरका कृष्णमानले गरे माग

Yugnepal     791 पटक पढिएको    

व्यवसायीलाई पहिला थुन्ने र पछि सुन्ने कानुन संसोधन गर्न चेम्वरका कृष्णमानले गरे माग

काठमाडौं। काठमाडौं चेम्बर अफ कमर्शका अध्यक्ष कृष्णमान श्रेष्ठले ब्यापार र व्यवसाय गर्ने व्यक्तिहरू सामाजिक रूपान्तरमा र सामाजिक उक्तरदायित्वमा गहन भएर लागेको खण्डमा देशको आर्थिक सामाजिक विकासमा योग्दान पुग्ने बताए ।

काठमाडौं चेम्वरले गरेको रक्तदान कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा उनले उद्योगी व्यवसायीहरूको हक हित लागि भिटिएस प्रणाली र प्यान मार्फत कर्मचारीहरूको तलव बितरणमा सरकार लचिलो हुनु आग्रह गरे ।

आफ्ना मागको सुनुवाई गराउन व्यवसायीहरुलाई निकै कठिन भएको उल्लेख गर्दै श्रेष्ठले आफ्नो माग सुनुवाई नभए व्यवसायीहरु आन्दोलनमा उत्रने बताए । उनले चाडबाड भएका कारण मात्र व्यवसायीहरु संयम भएको बताए । श्रेष्ठले कालोबजारी ऐनको नाममा व्यवसायीहरुलाई पहिला थुन्ने र पछि सुन्ने कानुनको संसोधन हुनुपर्ने बताए।

श्रेष्ठ सहित अन्य व्यवसायीको माग सुनेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेले वर्तमान सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेले सरकार उद्योग व्यवसायीहरूको समस्या समाधानमा गम्भीर भएको बताए। उनले भने चेम्बरले भोगेका समस्या बुँदागत रूपमा ल्याए समाधानमा लाग्ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौ चेम्बर अफ कमर्श अन्तर्गत सामाजिक उतरदायित्व अन्तगत भदौ १ देखि भदौ ३१ गते सम्म सञ्चालित रक्तदान कार्यक्रम करिव ७ सय जनाले रक्तदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।

सो रक्तदान कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य संघ चेम्बर अफ कमर्श महानगरपालिका पहिलो र चन्द्रागिरि नगरपालिका दोश्रो स्थान घोषित भएका थिए । कार्यक्रममा चेम्बर अफ कमर्श क्रमस काठमाडौं, भत्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।



बुधबार ०१, असोज २०७६ ११:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal