पुनःनिर्माणको पर्खाइमा गोकुलेश्वर विमानस्थल

समसामयिक

Yugnepal     1037 पटक पढिएको    

पुनःनिर्माणको पर्खाइमा गोकुलेश्वर विमानस्थल

 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका विभिन्न विमानस्थलको निर्माण जारी रहेको अवस्थामा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको गोकुलेश्वर विमानस्थल भने अलपत्र परेको छ। आर्थिक बर्ष २०७३र०७४ आर्थिक वर्षको बजेट वक्तव्यमार्फत गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेपनि नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले स्थलगत निरीक्षण गर्दा विमानस्थल जोखिममा रहेको प्रतिवेदन बनाएको थियो।

बैतडी र दार्चुलाको सिमाना छुट्याउने चमेलिया नदीमा बनेको सस्पेन्सन पुलका कारण गोकुलेश्वर विमानस्थललाई प्राधिकरण टोलीले जोखिमयुक्त श्रेणीमा राखेको थियो। विमानस्थल निर्माणको कुनै योजना समेत नभएपछि अहिले गौचरमा परिणत भएको छ।

अछामको साँफेबगरमा विमानस्थल निर्माण सम्पन्न भईसकेको छ भने बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थल कालोपत्रे भइरहेका छन्। विमानस्थल सुचारु गर्ने भन्दै मन्त्री र सांसदहरुले निर्वाचन र मन्त्री हुने वित्तिकै कोरा आश्वासन दिन छोडेका छैनन्।

तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र विष्टले ट्विनटर अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरेका थिए। २०४४÷०४५ मा निर्माण भएको गोकुलेश्वर विमानस्थलमा २०५० सम्म केही उडान भएपनि सशस्त्र द्धन्द्धपछि विमानस्थल पूर्ण रुपमा बन्द भएको थियो।

तत्काली अवस्थामा शाही नेपाल वायु सेवा निगम ९आरएनएसी० को ट्विनटर विमानले साप्ताहिक रुपमा महेन्द्रनगर हुँदै नेपालगन्जको उडान भर्ने गरेको थियो। अहिले जीर्ण भएका भवनहरूको समेत मर्मत सम्भारका लागि कसैले चासो दिएको छैन्।

विमानस्थल सुचारु गर्ने माग गर्दै पटक पटक उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेताहरुले मन्त्रालय र प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पनि बुझाएका छन्। तर सुनुवाइ भने भएको छैन्।   दिनेशखवर बाट



मङ्गलबार ३१, भदौ २०७६ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.