लक्ष्मी बैंकको ११३ औँ शाखा सप्तरीको राजविराजमा

Yugnepal     664 पटक पढिएको    

लक्ष्मी बैंकको ११३ औँ शाखा सप्तरीको राजविराजमा

काठमाडौं। लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरी को राजविराजमा संचालनमा ल्याएको छ। यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। 

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११३ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ गर्दै व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।



बुधबार २५, भदौ २०७६ ०२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal