चितवन मेडिकल कलेजबाट विप्लवका छोरा पक्राउ

Yugnepal     862 पटक पढिएको    

चितवन मेडिकल कलेजबाट विप्लवका छोरा पक्राउ

चितवन। चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले बताए। 

पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ। प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन्। प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी प्रयोगात्मक कक्षा भइरहेको छ। विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन्।

यता मेडिकल कलेजले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत विद्यार्थीलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गरी बहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न आग्रह गरेको छ।



बुधबार २५, भदौ २०७६ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal