सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्ने स् उपसभापति गच्छदार

Yugnepal     750 पटक पढिएको    

सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्ने स् उपसभापति गच्छदार

विराटनगर। नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सङ्घीयता  राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिनुभयो । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि हो भन्नुभयो ।
    
    उहाँले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।



मङ्गलबार २४, भदौ २०७६ ०१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal