सानिमा बैंकले ल्यायो एनआरएन मुद्दती खाता

Yugnepal     814 पटक पढिएको    

सानिमा बैंकले ल्यायो एनआरएन मुद्दती खाता

काठमाडौ । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलरवा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्ने बैंकले जनाएको छ ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशत को उच्चतमव्याजदर पाउन सक्ने बैंकले बताएको छ। यो खाता खोल्नका लागि  न्यूनतम रकम १० हजार ९अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो० लाग्नेछ। यो मुद्दती २ वर्षको अवधिको रहने बैंकले जनाएको छ।  खाता अवधि समाप्तभए पछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकमजम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्ने बैङ्कले जनाइको छ।

बैंकको देशभर  ७९ शाखा,१ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन्।



सोमबार २३, भदौ २०७६ १२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal