इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका खड्काको गोठबाट उद्धार

Yugnepal     859 पटक पढिएको    

इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका खड्काको गोठबाट उद्धार

गोरखा । इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६  अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक ९एसपी० ओम अधिकारीले जानकारी दिए।   

इँट्टा कारोवार गर्दा बक्यौता रहेको रु सात लाख नदिएको भन्दै रौतहटका व्यापारी राजीव पण्डित कुहारले उनलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको एसपी अधिकारीले बताए। खड्कालाई बुधबार राति राजीवको घर नजीकैको गोठबाट प्रहरीले उद्धार गरी अपहरणमा सङ्लग्न कुहारलाई समेत नियन्त्रणमा लिएको रौतहटका प्रहरी नायब उपरीक्षक तुलसी अर्यालले जानकारी दिए।

“घर नजीकै गोठ जस्तोमा कोठाभित्र खड्कालाई थुनेर बाहिरबाट चाबी लगाई बन्धक अवस्थामा राखिएको रहेछ”, एसपी अधिकारीले भने, “प्रहरीले खबर पाएलगत्तै पुगेर उद्धार गर्न सफल भयो ।” पक्राउ परेका कुहारविरुद्ध अपहरण र शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका खड्कालाई आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।



शुक्रबार २०, भदौ २०७६ ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal