सामाजिक सञ्‍जाल बन्दबारे भ्रम नफैलाउन आग्रह

राजनिति

Yugnepal     1112 पटक पढिएको    

सामाजिक सञ्‍जाल बन्दबारे भ्रम नफैलाउन आग्रह

 

काठमाडौं । सरकारले सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गर्न लागेको भन्दै भ्रामक हल्ला नफैलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

मन्त्रालय र सूचना विभागको नाम राखी विभिन्न सामाजिक सञ्जालमा यस्ता सामग्री सरकारले पूर्णरुपमा बन्द गर्न लागेको भन्दै समाजिक सञ्जालमा भ्रामक सूचना फैलाएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ।
“सरकारले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना पोष्ट गरी भ्रम फैलाएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ,” मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, “यस प्रकारको गलत र भ्रामक सूचना आ(आफ्नो सामाजिक सञ्जाल खाताबाट पोष्ट, रिपोष्ट गरेको भए हटाउन र लाइक नगर्नसमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”
मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी विधेयक संसदमा पेस गरेको छ। उक्त विधेयकमाथि विभिन्न आलोचना भइरहेको अवस्थामा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सामाजिक सञ्जाल पूर्ण रुपमा बन्द गर्न लागेको होइन भन्दै सम्बन्धित सबैलाई जानकारी गराएको हो। 



आइतबार १९, फागुन २०७५ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal