इटहरीको गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कूलमा मध्यरातमा बम प्रहार

Yugnepal     1007 पटक पढिएको    

इटहरीको गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कूलमा मध्यरातमा बम प्रहार

इटहरी । बिहीबार मध्यरातमा नेत्रविक्रम चन्द्र विप्लवको नेकपाले बम आतंक मच्चाएको छ । सुनसरीको इटहरीको सुस्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लवले बम प्रहार गरेको हो ।

इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएकको इटहरीले प्रहरीलाई उदृत गर्दै सञ्चारपाटी डटकमका धन बहादुर पुरीले जनाएका छन् । त्यस्तै धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले भने बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ शहरको चलेको स्कुलमा विप्लवका कार्यकर्ताले बम हानेको बताए । 

उनले भने, ‘हामीले केहि दिन अगाडि विप्लवको चन्दा उठाउने नाईके इटहरीबाट पक्राउ गरेपछि समुहले डर देखाउन स्कुलहरुमा बम प्रहार गरेको हो ।’

बम प्रहार गर्ने विप्लव समुहलाई केहि दिन भित्रै पक्राउ गर्ने प्रहरीको भनाई छ । ‘चाडबाड नजिकिएसँगै सर्वसाधारण तथा अन्य स्कुलहरुलाई चन्दाको दायरामा ल्याउन बम राखेर आतंक बनाएको हो’ डिएसपी शमाले भने । 

‘प्रहरीले उच्च सुरक्षाको साथ अपराधी खोज्ने काममा लागेको छ’, उनले थपे ।



शुक्रबार २०, भदौ २०७६ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal