‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

Yugnepal     603 पटक पढिएको    

‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ। ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ  तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडको एक्सेस टू फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो। सम्झौता अनुसार, मेगा बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ। 

अब विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता अथवा सप्लायरहरु, क्रेता कम्पनीहरूले यस प्लाटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्नेछन्। सप्लायरले क्रेता कम्पनीलाई सामान उपलब्ध गराईसकेपछि यो प्लाटफर्म प्रयोग गरी सामानको बिल बराबरको रकम तुरुन्तै बैंकबाट भुक्तानीको व्यवस्था मिलाइएको छ।

यसले सप्लायरहरुलाई बिलको रकम तुरुन्त भुक्तानीको सुविधा प्रदान गर्दछ भने क्रेता कम्पनीहरूलाई आफ्नो चालु पूँजी व्यवस्थापन गर्न मद्दत मिल्नेछ। बैंक, क्रेता कम्पनी र सप्लायरहरु एकैसाथ आबद्ध हुनसक्ने यस अनलाईन प्लाटफर्मबाट मेगा बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिइएको छ।



मङ्गलबार १७, भदौ २०७६ ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal