सरकारले देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउन खोज्योः देउवा

Yugnepal     835 पटक पढिएको    

सरकारले देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउन खोज्योः देउवा

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देश लाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बताएका छन्।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउबाले सरकार प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएर कम्युनिस्ट स्टेट बनाउन खोजेको बताए। सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार बिरोधी, प्रेस स्वतन्त्रता बिरोधी भएको भन्दै सरकारको बिरुद्ध एकजुट हुन आग्रह पनि गरे।

सभापति देउवाले नेपाली कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमको बिरुद्ध आन्दोलन सुरु गरेको पनि बताए। स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे। नेपालखबर बाट



बुधबार ११, भदौ २०७६ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal