नाफामा रहेको सर्वोत्तमको आइपिओ आउँदै,नाफा गतवर्ष भन्दा एक अर्ब बढी

Yugnepal     729 पटक पढिएको    

नाफामा रहेको सर्वोत्तमको आइपिओ आउँदै,नाफा गतवर्ष भन्दा एक अर्ब बढी

काठमाडौं। लगातार तीन वर्षदेखि नाफामा रहेको सर्वोत्तम सिमेन्टले ३६ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।प्राथमिक शेयर निष्कासन गर्न कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया सुरु गरिसकेको जनाएको छ।

कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरिसकेको छ। कम्पनीले सकेसम्म चालु आर्थिक वर्षभित्रै शेयर ल्याउनेगरि तयारी भएको दाबी गरेको छ। कम्पनीले भनेजस्तै प्रकृया चाँडै भएमा सिमेन्ट उद्योगमा शिवमपछि सर्वोत्तमको शेयर आउनेछ।यो कम्पनीमा सिमेन्ट र डन्डी उद्योगमा स्थापित सौरभ समूहको लगानी छ।नवलपरासीको सुनवलमा ३३ विघा जग्गामा रहेको  सिमेन्ट उद्योगको  क्लिंकरसहित दैनिक तीन हजार टन सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका संचालक विष्णु न्यौपानेले सर्वसाधरणलाई समेत प्रतिफल दिनका लागि शेयर जारी गर्न लागिएको बताए।‘सिमेन्ट उद्योगमा हाम्रो एक्सपर्टिज छ। हामीसँग अरु पनि सिमेन्ट उद्योग र खानी छन्।’
नियम अनुसार पब्लिक कम्पनी भएको एक वर्षपछि मात्रै प्राथमिक शेयर निष्कासन गर्न सक्ने छ। कम्पनीले थप प्रिमियम सहित शेयर निष्कासन गर्ने योजना बनाएको छ।धितोपत्र निष्कासन सम्बन्धी नियम अनुसार थप प्रिमियम सहित शेयर निष्कासन गर्दा अधिकतम नेटवर्थको दुई गुणासम्मको मूल्यमा निष्कासन गर्न पाउने छ।

गत वर्षको नाफा तथा जगेडा कोषबाट एक अर्ब १८ करोड ८० लाख रुपैयाँको बोनस शेयर दिएर संस्थापक तर्फको चुक्ता पुँजी तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कायम हुने छ। सर्वसाधारणलाई १० प्रतिशत अर्थात ३८ करोड रुपैयाँ र प्रभावित वासिन्दाका लागि दुई प्रतिशत अर्थात ७ करोड २० लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने योजना बनाएको छ।

कम्पनीले आथिक वर्ष २०७३र७४ मा ८० करोड रुपैयाँ नाफा गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७४र७५ मा ९४ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो।गत आर्थिक वर्षको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको वित्तीय विवरण अनुसार जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ छ।



बुधबार ११, भदौ २०७६ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal