पूर्वयुवराज पारसको गतिविधिमाथि सरकारको ध्यान गएको छ कि छैन  ?

Yugnepal     755 पटक पढिएको    

पूर्वयुवराज पारसको गतिविधिमाथि सरकारको ध्यान गएको छ कि छैन  ?

काठमाडौँ । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको बैठकमा उनले भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन रु  बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।”

पूर्वयुवराज पारस शाह आफ्नी आमा पूर्वरानी कोमललाई बिदाइ गर्न आफ्ना छोरा र भान्जासहित अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।  पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थल पुगेका थिए । प्रहरीले पूर्वराजपरिवारका सदस्यलाई नारा लगाउने व्यक्ति ठानेर भित्र जानेबेलामा रोक्न खोज्दा पारसले बर्दीवाल प्रहरीलाई छातीमा धकेलेका थिए । उनि प्रहरीको छातीमा धकेलिसकेपछि फेरी फर्किएर झम्टिन खोजेका थिए ।

सो समय पूर्वरानी कोमल स्वास्थ्य परीक्षणका लागि थाई एअरवेजको उडानबाट थाईल्यान्डको राजधानी ब्याङ्कक जान लागेकी थिइन्। पूर्वराजा ज्ञानेन्द्र पनि केही समयदेखि थाईल्याण्डमै छन्।

 घटनाको प्रतिक्यिा फेसबुकमा दिदै पारस शाहले, मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागे  लेखेका थिए ।

उनले त्यसबेला आमा बिरामी भएकोले तनाबमा रहेको बताउँदै , त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु । लेखेका थिए

शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेका हुन् । पारसले प्रहरीलाई धकेलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।



सोमबार ०९, भदौ २०७६ १२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.