नेकपा र कांग्रेसबीच यस्तो बन्यो सहमति

Yugnepal     673 पटक पढिएको    

नेकपा र कांग्रेसबीच यस्तो बन्यो सहमति

काठमाडौँ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ ।

बुधबार प्रधानमन्त्रीमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दुई दलको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।     
     
बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्को प्रक्रियाबाट सहमति गरेर छिटो टुङ्गोमा पुर्याउनेसमेत सहमति भएको उनले जानकारी दिए ।
     
“संसद्को समितिमा छलफल रहेको विधेयकको विभिन्न पक्षका बारेमा पनि छलफल भयो”, उनले भने, “शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभार पूरा गराउनका लागि विधेकयलाई अगाडि बढाउने सहमति भयो ।”     
     
बैठकमा शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यभार पूरा गर्नका लागि गठित सत्यनिरुपण र बेपत्ता आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशका गर्नका लागि बनेको सिफारिश समितिलाई चाँडो नाम सिफारिश गर्नसमेत नै अनुरोध गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।
     
समितिले नाम सिफारिश गरेपछि मनित्रपरिषद्ले निर्णय गर्नेछ । दुई आयोगको पदाधिकारी सिफारिश गर्नका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिश समिति गठन गरिएको छ।     
     
काङ्ग्रेसका नेता रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्नका लागि त्यससम्बन्धी विधेकयलाई चाँडो ल्याउने सहमति भएको बताए । 

“विधेयकबारे तत्काल छलफल गरेर चाँडोभन्दा चाँडो संसद्मा लैजाने सहमति भएको छ”, उनले भने, “संसद्मा लैजानुभन्दा विधेयकलाई सातवटै प्रदेशमा विधेयकका बारेमा सरोकारवाला र अरुसँग छलफल गर्ने गरिनेछ ।”     
     
नेता लेखकले समितिले आयोगका पदाधिकारी नाम सिफारिश गरे पनि मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र आयोगले पूर्णता पाउने बताए ।

गत चैतदेखि दुवैवटा आयोगका पदाधिकारी रिक्त रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी काम हुन पाएको छैन । सत्यनिरुपण आयोगको अध्यक्षमा सूर्यमान गुरुङ र बेपत्ता आयोगको अध्यक्षमा लोकेन्द्र मल्लिक रहेका थिए । 



बिहिबार ०५, भदौ २०७६ ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.