कम्प्युटर एसोसिएनका अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवलाई कारवाहीको तयारी

Yugnepal     615 पटक पढिएको    

कम्प्युटर एसोसिएनका अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवलाई कारवाहीको तयारी

 काठमाडौं । नेपाली प्रविधिको क्षेत्रमा लामो इतिहास बोकेको कम्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान० मा  विवाद चर्किएको छ । काठमाडौं महानगरपालिकामा समेत स्थायी कर्मचारी रहेका क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियालाई कार्यालय समयमा कार्यालयको कामकाज नगरेको भन्दै अख्तियारमा उजुरसमेत परेको छ।
 
उजुरीका बारेमा अख्तियारले छानबिन गरिरहेका बेला क्यानका महासचिव रञ्जित पोदारले क्यान महासंघ, सुदुर पश्चिमको नाममा जारी गरेको पत्रको सम्बन्धमा अध्यक्षले ४८ घण्टे स्पष्टिकरण सोध्दै ‘तपाईलाई कारवाही किन नगर्ने रु’ भन्ने आसयको पठाएपछि क्यानको विवाद बाहिर आएको हो ।

क्यान महासंघको नयाँ नेतृत्वको लागि अधिवेशन नजिकिँदै गर्दा विवाद चर्किएको हो । नयाँ नेतृत्व आफ्नो पक्षमा पार्नको लागि अस्वस्थ्य प्रतिस्पर्धा समेत भइरहेको आरोप लागेको छ । 

वर्तमान अध्यक्ष हेमन्त चौरसिया र उपाध्यक्ष नवराज कुँवरको डिजाइनमा आगामी अधिवेशनबाट अध्यक्ष पद हत्याउने रणनीति अनुसार महासचिव पोदारलाई स्पष्टिकरण सोधिएको हुन सक्ने क्यानका एक अधिकारीले बताएका छन् ।    
 
सूचना प्रविधि क्षेत्रकै सर्वोच्च निकायको रुपमा परिचित क्यान महासंघमा चौरसियाको नेतृत्व आएपछि काम गर्न नसकेको भन्दै सबै तिरबाट आलोचना हुँदै आइरहेको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने भन्दा पनि केही सीमित ब्यवसायीहरुको हित र ब्यक्तिगत स्वार्थमा अल्झिँदा क्यान महासंघ इतिहासकै कमजोर देखिएको क्यानसँग सम्बन्धित एक पूर्व पदाधिकारीले बताए । 

उनले भने, ‘क्यानलाई सरकारी स्तरबाट समेत प्रविधि क्षेत्रको सल्लाहकार सर्वोच्च निकायको रुपमा स्वीकारिँदै आइएको थियो तर यो नेतृत्व आएपछि क्यानको गरिमा खस्किएको छ ।’
 
क्यान महासंघको पहलमा लर्ड बुद्ध एजुकेशन फाउन्डेसनसँग सहकार्य गरेर दिने भनिएको २ करोड भन्दा बढी रुपैयाँको छात्रबृद्धि समेत विवादरहित हुन सकेन । प्रधामन्त्री केपी शर्मा ओलीसमेत उपस्थित भएको कार्यक्रममा भएको घोषणा लर्ड बुद्ध कलेजको विज्ञापनलाई सघाउ पुर्याउने गरी सामान्य छुट दिने गरी मात्र भएको जानकारहरुले बताएका छन् । जुन छुट जो सुकै विद्यार्थीले पढ्छु भनेर भनेमा भर्ना गर्ने बेलामा उपलब्ध गराउने गरेको छ ।



बिहिबार ०५, भदौ २०७६ १०:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal