असार १७ गते विवाह गरेर कमाउन भारत गएका १९ वर्षे अर्जुनको मृत्यु, शोकले श्रीमती अचेत, शव ल्याइँदै

Yugnepal     764 पटक पढिएको    

असार १७ गते विवाह गरेर कमाउन भारत गएका १९ वर्षे अर्जुनको मृत्यु, शोकले श्रीमती अचेत, शव ल्याइँदै

राँझा । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव मंगलबार रातिसम्ममा नेपाल ल्याइने भएको छ ।

रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।     
     
 राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए । 

उनका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिराले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।     
     
उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । 

उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहेका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिए । मंगलबार रातिसम्म शव नेपाल आइपुग्ने उनले बताए ।

 दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए । विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमान्को मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत छिन् । 



मङ्गलबार ०३, भदौ २०७६ १२:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal