नेकपा प्रमुख सचेतकको घरमा तीन वटा पेट्रोल बम प्रहार

बम प्रहार

Yugnepal     872 पटक पढिएको    

नेकपा प्रमुख सचेतकको घरमा तीन वटा पेट्रोल बम प्रहार

नेकपा प्रमुख सचेतकको घरमा तीन वटा पेट्रोल बम प्रहार
प्रदीप आचार्य,
बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा तीन वटा पेट्रोल बम प्रहार भएको हो ।

उनी सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ ।

सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारतत छन् ।

बम कसले प्रहार गर्यो‍  भन्ने खुल्न सकेको छैन ।



शुक्रबार ३१, साउन २०७६ १०:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal