आफैले फालेको जालमा विरबहादुर अड्किएर खोलामा डुबेपछि बचाउन गएका नीरबहादुरको पनि गयो ज्यान

Yugnepal     678 पटक पढिएको    

आफैले फालेको जालमा विरबहादुर अड्किएर खोलामा डुबेपछि बचाउन गएका नीरबहादुरको पनि गयो ज्यान

श्रीकृष्ण सिग्देल, स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो ।

बिरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको प्रहरीले जनाएको छ । दुबै जना जालमा बेरिएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ  ।
 
स्थानीय राममन्दिर माविमा कार्यरत निरबहादुर राना शिक्षक समेत हुन् । विद्यालयमा पढाएर साथीहरु सगै माछा मार्न गएका थिए । रातको समय भएका कारण पनि दुवै जनाको ज्यान बचाउन नसकिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिए ।

उनीहरुको शरिरबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाकोे ज्यान गुमाईसकेको स्थानीयले बताएका छन् ।



बुधबार २९, साउन २०७६ ११:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.