चालीस जना जुवाडे पक्राउ

Yugnepal     741 पटक पढिएको    

चालीस जना जुवाडे पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेलिरहेको
  अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।     
     
 पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित रु एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र रु ६२ हजार ८३५ पक्राउ गरेको प्रहरीले जनाएको छ ।     
     
 त्यसैगरी पोखरा ३२ झैरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद रु ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । 



सोमबार २७, साउन २०७६ १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal