ओली निकट नेकपा केन्द्रीय सदस्य थापाले प्रचण्डलाई यसरी गरे आक्रमण

Yugnepal     672 पटक पढिएको    

ओली निकट नेकपा केन्द्रीय सदस्य थापाले प्रचण्डलाई यसरी गरे आक्रमण

काठमाडौं । नेकपाको एकीकरण प्रक्रिया पूर्ण रुपमा सकिनु अघि नै दुई धारका विचारहरु छताछुल्ल हुन थालेका छन् । नेकपामा पूर्व एमाले र पूर्व माओवादीका नेताहरु प्रक्रियागत रुपमा एकीकरण भएपनि मानसिक रुपमा एकीकृत बन्न सकेका छैनन् । स्वार्थ पूरा गर्नको लागि मिलेका दुई पार्टीका नेताहरुबीच समय समयमा एक पक्षले अर्को पक्षलाई दिने कडा प्रतिक्रियाले पनि बेला बेलामा नेकपा भित्रको असलियत पत्ता लाग्ने गरेको छ । 

केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा आफूले कसैलाई एक झापड पनि नहानेको र एक झापड पनि नखाएको भन्ने उक्तिलाई आम मानिसले व्यङ्ग्य गरिरहँदा नेकपाकै एक केन्द्रीय सदस्यले समेत प्रचण्डलाई कडा जवाफ फर्र्काएका छन् । आफ्नै पार्टीका अध्यक्ष विरुद्ध अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका थापाले दिएको जवाफलाई गम्भीरताका साथ हेरिएको छ । अनुशासन विरुद्धको कारबाही डर नमानी शाब्दिक रुपमा उनले गरेको आक्रमणले नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादीको सोचाई कुन हदसम्म गाँजिएको छ भन्ने स्पष्ट भएको छ । बाहिर देख्नको लागि एकीकरण भएपनि नेकपा आफैंभित्र एकीकृत हुन नसकेको कुरा पनि यसले पुष्टि गर्छ । 

थापाले लेखेका छन् आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो १ जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो । म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै  मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ । हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ विगतसॅग क्रमभङ्ग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि  आजको क्रान्तिकारी तरंग र मनोदशा 

थापाले प्रचण्डलाई मात्रै नभएर पूर्व माओवादी कोटाबाट नेकपाको युवा संगठन प्रमुख बनेका रामप्रसाद सापकोटा ुदीपशिखाु माथि समेत कडा व्यङ्ग्यबाँण प्रहार गरेका छन् । थापाले विहान फेसबुकमा नै आफ्नो विचार राख्दै लेखेका छन् ुुदीपशिखाले अनुशासन र मर्यादा सिकाउने रु कति हास्नु रु यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको  विचरा  यसरी उनको दुई दिनको फेसबुकमा लेखेको विचारले उनको प्रचण्ड र पूर्व माओवादीको गतिविधिप्रतिको आक्रोश स्पष्ट भएको छ । 



आइतबार २६, साउन २०७६ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.