कांग्रेसलाई पहिलो पार्टी बनाउने महामन्त्री कोइरालाको प्रतिबद्धता

Yugnepal     821 पटक पढिएको    

कांग्रेसलाई पहिलो पार्टी बनाउने महामन्त्री कोइरालाको प्रतिबद्धता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

आफूले जनताको लागि राजनीति गरेको उल्लेख गर्दै महामन्त्री कोइरालाले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराई राष्ट्रको रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। राजनीतिक दलले काम गर्न सकेनन् भनेर राजसंस्था नै ठिक भन्ने भनाई पनि सुनिन थालेको भन्दै थापाले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नारी जागृति समाजद्धारा प्रकाशित तथा बालकृष्ण दाहालद्वारा सम्पादित प्रेरक अभियन्ता भुवन गिरीको बारेमा प्रकाशित ‘भुवन’ पुस्तक विमोचन गरिएको थियो।



आइतबार २६, साउन २०७६ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal