चार सिमेन्ट उद्योगलाई कारवाही, अम्बुजाको ईजाजत रद्द

Yugnepal     748 पटक पढिएको    

चार सिमेन्ट उद्योगलाई कारवाही, अम्बुजाको ईजाजत रद्द

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ ।

विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तरअनुरुप नरहेकाले कारवाही गरेको जानकारी दिए ।

कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।



बिहिबार २३, साउन २०७६ ११:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal