सुस्मा स्वराजलाई नेपाली नेताले यसरी सम्झिए

Yugnepal     1202 पटक पढिएको    

सुस्मा स्वराजलाई नेपाली नेताले यसरी सम्झिए

काठमाडौं। भारतीय पूर्व विदेशमन्त्री तथा भाजपाकी नेतृ सुस्मा स्वराजको निधनमा नेपालका राजनीतिक दलका नेताहरुले पनि दुख व्यक्त गरेका छन्। 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्वराजको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै भट्टराईले उनलाई उच्चस्तरिय राजनेताको रुपमा सम्झिइने बताएका छन्। 

आफूले व्यक्तिगत स्तरमा एक असल साथी गुमाएको उल्लेख गर्दै भट्टराईले ट्वीटमा हरियाणामा यूवा अवस्थामा रहँदा एक समाजवादीका रुपमा समेत स्वराजको स्मरण गरेका छन्। 

नेपालका परराट्र मन्त्री प्रदिप ज्ञवालीले पनि स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ज्ञवालीले स्वराज एक प्रतिवद्धता सहितकी दुरदृष्टी भएकी नेतृको रुपमा उल्लेख गरेका छन्।

भारतीय विदेशमन्त्री रहँदा स्वराजसँग दिपक्षीय हितमा नजिकमा रहेर काम गरेको स्मरण गर्दै ज्ञवालीले स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्वराजको परिवार र भारत सरकारप्रति समवेदना व्यक्त गरेका छन्।  

नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले भारतीय जनता पार्टीकी नेत्री एवं पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधनले साह्रै दुःखित बनाएको उल्लेख गरेकी छिन।

भारतको राजनीतिमा स्वराजको नाम परिचित नाम भएको उल्लेख गर्दै कोइरालाले भारत र भारतीय जनताको विकासका लागि स्वराजले महत्वपूर्ण भूमिका खेलेको बताइन । 

स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै कोइरालाले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेकी छिन्।



बुधबार २२, साउन २०७६ ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal