लद्दाख केन्द्र शासित बनाउने भारतीय निर्णयको चीनद्वारा विरोध

Yugnepal     781 पटक पढिएको    

लद्दाख केन्द्र शासित बनाउने भारतीय निर्णयको चीनद्वारा विरोध

लद्दाख केन्द्र शासित बनाउने भारतीय निर्णयको चीनद्वारा विरोध
लक्ष्मी लम्साल

बेइजिङ — विशेष राज्यको मान्यता खारेज गरी दुई अलग राज्य बनाउने भारत सरकारको निर्णयप्रति चीनले पनि मुख खोलेको छ। मंगलबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुनयिङले चीन(भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारतशासित क्षेत्रको परिधिमा राखेकोमै चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन्।  


भारतीय सरकारले घोषणा गरेको लद्दाख केन्द्र शासित क्षेत्र हुनेबारे उनले चीनको भू(भागसँग सम्बन्धित रहेको सो क्षेत्रसम्बन्धी पत्रकारको जिज्ञासामा यस्तो धारणा राखेकी हुन्। प्रवक्ता ह्वाले भनिन्, ‘चीनले सधैं नै भारतको सो प्रवृत्तिको विरोध गर्दै आएको छ र यसमा चीन सदैव अडिग, निश्चयी र कसैगरी पनि अपरिवर्तनीय धारणामा उभिएको छ।’

सीमा समस्याका सन्दर्भमा विगतमा भएका सहमतिको पालना गर्नुपर्ने पनि प्रवक्ता ह्वाले बताइन्। सतर्कतापूर्वक बोली र व्यवहारमा गम्भीर हुन पनि ह्वाले ताकिता गरेकी छन्। ुचीन र भारतबीच सम्पन्न सम्बद्ध सिद्धान्तको अक्षरशस् पालना गर्न पनि भारतलाई चीनले अनुरोध गरेको छु, परराष्ट्र प्रवक्ता ह्वाले भनिन्। कान्तीपुर दैनिकबाट साभार समाचार



मङ्गलबार २१, साउन २०७६ ०८:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal