हिटलरको बाटोमा ओली  देउवा

Yugnepal     900 पटक पढिएको    

हिटलरको बाटोमा ओली  देउवा

हिटलरको बाटोमा ओली  देउवा
दीपक परियार

पोखरा — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुचित विधेयक ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । 

मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा सभापति देउवालेभने,‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए, संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर ओली पनि त्यही बाटोमा छन्।’

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान वितरण समारोहमा उनले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने बताए। मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धि विधेयकको संसदबाट विरोध गरेको उनले स्मरण गरे।

‘हामी कुर्सी भाँच्दैनौँ, मेच तोड्दैनौं, रेलिङ भत्काउँदैनौं,’ उनले भने, ‘हाम्रो विरोध शान्तिपूर्ण हुन्छ। जनताको साथ लिएर सदनबाट सडकसम्म जान्छौँ।’

मानवअधिकार आयोग सम्बन्धि विधेयक ल्याएर सरकारले स्वतन्त्र आयोगको अधिकार सिमित गर्न खोजेको उनको आरोप थियो।

पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेको परिवारद्वारा स्थापित सम्मानबाट पत्रकार रवीन्द्रनाथ बाँस्तोला सम्मानित भए। पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। कान्तीपुर दैनिकबाट 



मङ्गलबार २१, साउन २०७६ ०८:२३ मा प्रकाशित

#sunil

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal