पाकिस्तानले पुर्‍यायो कश्मीर मुद्दा ओआईसीमा, विदेशमन्त्रीले लेखे राष्ट्रसंघका महासचिवलाई पत्र

Yugnepal     787 पटक पढिएको    

पाकिस्तानले पुर्‍यायो कश्मीर मुद्दा ओआईसीमा, विदेशमन्त्रीले लेखे राष्ट्रसंघका महासचिवलाई पत्र

पाकिस्तानले पुर्‍यायो कश्मीर मुद्दा ओआईसीमा, विदेशमन्त्रीले लेखे राष्ट्रसंघका महासचिवलाई पत्र

एजेन्सी– भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरको स्वायत्त राज्यको अधिकार खोसेर केन्द्र शासित बनाउने निर्णय गरेसँगै पाकिस्तानले उक्त मुद्दा इस्लामिक सहयोग संगठन ९ओआईसी० को बैठकमा पुर्‍याउने भएको छ।

बैठकमा नरेन्द्र मोदी सरकारले जम्मु–कश्मीरलाई केन्द्र शासित बनाउने घोषणा गरेपछिको उत्पन्न परिस्थितीबारे छलफल हुने बताइएको छ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले उक्त बैठक मंगलबार साउदी अरेबियाको जेद्दामा हुने बताएका छन्। फैजलले जम्मु–कश्मीरमा भएका निन्दनीय गैरकानुनी घटनाक्रमबारे बैठकमा छलफल हुने बताएका छन्।

मङ्गलबार २१, साउन २०७६ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal