काङ्ग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

Yugnepal     1345 पटक पढिएको    

काङ्ग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

काठमाडौं। नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए। चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए। 

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार(पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए। सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ ९सबुज० ले बताए।



मङ्गलबार २१, साउन २०७६ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal