हङकङबाट चार किलोग्राम सुन लिएर नेपाल भित्रिएका निंछी पक्राउ

Yugnepal     962 पटक पढिएको    

हङकङबाट चार किलोग्राम सुन लिएर नेपाल भित्रिएका निंछी पक्राउ

काठमाडौं ।  प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०स्५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई पक्राउ गरिएको जानकारी दिए।

उनको साथबाट बिस्कुट आकारको चार हजार ग्राम सुन बरामद गरेको कार्यालयका प्रमुख क्षत्रीले बताए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सोमबार २०, साउन २०७६ ०३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal