एक किलो सुनसहित नागढुंगाबाट एक पक्राउ

Yugnepal     757 पटक पढिएको    

एक किलो सुनसहित नागढुंगाबाट एक पक्राउ

काठमाडौं, साउन १६ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई आज साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए। “नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने। सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुदूर खबर बाट साभार ।



बिहिबार १६, साउन २०७६ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal